सभामुख र दलका सचेतकबीच बैठक सुरु
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ | १२:४९:५८
चितवन, १६ जेठ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरू बिचको बैठक बानेश्वरमा सुरु भएको छ ।
सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारण गर्ने विषयमा सभामुख घिमिरेले दलका सचेचकहरुसँग छलफल थालेका हुन् ।
सो बैठकपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेपछि सभामुख संसद खुलाउने प्रयासमा लागेका हुन्। बजेट भाषण गर्न सहमत भएका दलले त्यसपछि विरोध निरन्तर रहने बताएपछि सभामुखले पहल थालेका हुन्।
प्रकाशित मिति : शुक्रबार, जेठ १६, २०८२ |
१२:४९:५८
573