काठमाडौंमा गुडिरहेको माइक्रोबाट खसेर महिलाकाे मृत्यु
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ | १४:०४:०४
चितवन, १६ जेठ । काठमाडौंमा गुडिरहेको माइक्रोबाट खसेर एक महिलाकाे मृत्यु भएकाे छ ।
शुक्रबार बिहान नागार्जुन नगरपालिका-६ टेम्पो पार्कस्थित सडकमा महाँकालबाट सितापाईलातर्फ आउँदै गरेको बा.प्र.०१-००२ ज ७०५७ नम्बरको ईभी माइक्रोबाट खसेर माइक्रोमा सवार नागार्जुन नगरपालिका-६ रामकोट बस्ने उदयपुर कटारी नगरपालिका-७ घर भएकी ३८ वर्षीया कोपिला परियारको मृत्यु भएको हाे ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माइक्रो चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेकाे छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ १६, २०८२ |
१४:०४:०४
441