प्रेस चौतारीका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार विजय चालिसेको निधन
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ | १४:११:२२
चितवन, १६ जेठ । प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष तथा साहित्यकार विजय चालिसेको निधन भएको छ ।
गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको आज बिहान साढे ९ बजे ७४ वर्षको उमेरमा निधन भएको हो ।
जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए ।
आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र पत्रकारितासहित दर्जनौं साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।
चालिसेको शुक्रबार नै गोकर्ण घाटमा अन्त्येष्टि गरिने प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, जेठ १६, २०८२ |
१४:११:२२
1937




















