यातायात व्यवसायी आन्दोलनमा
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ | १४:२४:०७
चितवन, १८ जेठ । सरकारसँग विभिन्न माग राखेर यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघर मण्डलामा सवारीसाधनमा कालो झण्डा राखी विरोध र्याली निकालिएको हो ।
व्यवसायीको आन्दोलनले ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त भएको छ । यातायात व्यवसायीले भोलि सोमबारदेखि सार्वजनिक यातायात बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
उनीहरूले बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप्स बन्द गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।
प्रकाशित मिति : आइतबार, जेठ १८, २०८२ |
१४:२४:०७
529