गायक तथा संगीतकार गणेश रसिकको निधन
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ | १४:३८:५७
चितवन, १८ जेठ । वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ ।
ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।
रसिककी छोरी बेलायतबाट भोलि नेपाल फर्किएपछि अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । अहिले उनको शव टिचिङ अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति : आइतबार, जेठ १८, २०८२ |
१४:३८:५७
463