एमाले-कांग्रेसको सहकार्यप्रति चीन खुसी छ : मन्त्री भण्डारी
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ | १३:३५:४५
चितवन, १९ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली कांग्रेस र नेकपा (एमाले)को सत्तासहकार्यप्रति छिमेकी मुलुक चीन खुसी रहेको बताएका छन् ।
आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितका एमाले नेताहरू चीन भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले दुई दलको सहकार्यले राजनीतिक स्थायित्व दिएको बताए ।
उनले भने, “नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ, त्यसले राजनीतिक स्थायित्व दिन्छ । त्यो राजनीतिक स्थायित्वप्रति खुसी व्यक्त (चिनियाँ अधिकारी) गर्नुभएको छ,” ।
आफूसहितको टोलीको यो सद्भाव भ्रमण भएको मन्त्री भण्डारीले बताए ।
प्रकाशित मिति : सोमबार, जेठ १९, २०८२ |
१३:३५:४५
2311


















