वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकास : परराष्ट्रमन्त्री
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ | २०:४५:५२
चितवन, २१ जेठ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले वर्तमान सरकारको प्राथमिकता राजनीतिक स्थायित्व प्रदान गरी यसैका माध्यमबाट आर्थिक विकास गर्नु रहेकाे बताएकी छन् ।
आज सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री डा.राणाले भनिन्,“मुलुक राजनीति अस्थिरताको बन्दी बनेपछि स्थायित्व प्रदान गर्न दुई प्रमुख दल कांग्रेस र एमालेको सरकार बनेको हो । त्यसैले यो सरकारको प्राथमिकता स्थायित्व, आर्थिक विकास र शान्ति हो ।”
मन्त्री डा.राणाले कुनै पनि देशमा स्वदेशी तथा वैदेशिक लगानीका लागि सबैभन्दा पहिला राजनीतिक स्थायित्व र शान्तिको वातावरण आवश्यक पर्ने भएकाले यसैका लागि वर्तमान सरकार कार्यरत रहेको धारणा पनि राखिन् ।
प्रकाशित मिति : बुधबार, जेठ २१, २०८२ |
२०:४५:५२
265