प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारियो
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ | १७:२७:३१
चितवन, २५ जेठ । प्रतिनिधिसभा बैठक सूचना टाँसेर आज दोस्रो पटक सारिएको छ । आज एक बजेका लागि बैठक बोलाइएको थियो । त्यो बेला बैठक बस्न नसकेपछि सवा तीन बजे सम्मका लागि सूचना टाँसेर सारिएको थियो ।
त्यो बेला पनि बस्न नसकेपछि बैठक सूचना टाँसेर साढे ५ बजेसम्मका लागि सारिएको संघीय संसद् सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति : आइतबार, जेठ २५, २०८२ |
१७:२७:३१
507