प्रधानमन्त्री ओली त्रिवि क्रिकेट मैदानको निरीक्षणमा पुगे
प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२ | १८:०४:०९
चितवन, २५ जेठ । प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन् ।

गत फागुनदेखि क्रिकेट मैदानको प्यारापिट निर्माणको काम भइरहेको छ । पारापिट निर्माणको ठेक्का बीकेओआई-केसीडीसी-बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा पाएको छ।
गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन। समयमा काम नसकिएपछि प्रधानमन्त्री ओली काम छिटो गर्न निर्देशन दिएका थिए।
प्रकाशित मिति : आइतबार, जेठ २५, २०८२ |
१८:०४:०९
419