५२ संवैधानिक निकायका पदाधिकारी नियुक्तिको फैसला आज नआउने
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ | १८:३४:२३
चितवन, २८ जेठ । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धमा अन्तिम निर्णय सुनाउने मिति असार १८ गतेका लागि सारेको छ ।
सर्वोच्च अदालतले आजका लागि ‘निर्णय सुनाउने’ मिति निसु तोकेको थियो । तर आजका लागि तोकिएको मिति सरेको सर्वोच्च अदालतले जनाएको छ ।
२०७७/०७८ मा केपी शर्मा ओली नै प्रधानमन्त्री छँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा दुई चरणमा गरी ५२ जना पदाधिकारीको नियुक्त गरिएको थियो। उक्त नियुक्त गैरसंवैधानिक भन्दै अधिवक्ता ओमप्रकाश अर्याललगायतले रिट दायर गरेका थिए।
यससम्बन्धी १५ रिट सर्वोच्चमा विचाराधीन छन्। जेठ १ गते सुनुवाइ सकेको संवैधानिक इजलासले त्यही दिन आजका लागि निर्णय सुनाउने दिन तोकेको थियो तर अन्तिममा सरेको हो।
प्रकाशित मिति : बुधबार, जेठ २८, २०८२ |
१८:३४:२३
1827

























