गृहमन्त्री बोलिरहँदा रास्वपा सांसदहरूद्वारा वेल घेराउ
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ | १८:०३:१४
चितवन, ३० जेठ । प्रतिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्। उनीहरूले गृहमन्त्रीमाथि कारबाही गर, राजीनामा दे भन्दै बेल घेरेका हुन्।
आज मात्रै कांग्रेस, माओवादी र एमालेले सदन खुलाउन दुई बुँदे सहमति गरेका थिए। रास्वपाले उक्त सहमतिलाई अस्वीकार गरेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ ३०, २०८२ |
१८:०३:१४
573