‘मेरोविरुद्ध उजुरी गर्न नक्कली पीडित खडा गरिएको थाहा पाइसकेँ’
चितवन, ३० जेठ । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयहरूमा नक्कली पीडितहरूलाई बोलाएर विभिन्न ठाउँमा जाहेरी दर्ता गरिएकाे दाबी गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भिजिट भिसाको नाममा हुने तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।
‘पार्टीका कार्यालयमा नक्कली तथाकथितलाई बोलाएर नक्कली जाहेरीहरू लेखेर मेराविरुद्ध विभिन्न ठाउँमा दर्ता गर्ने प्रयन्त्र भइरहेका छन्,’ उनले भने, ‘ रास्वपाको नाम उल्लेख नगरी उनले भने, ‘कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ। यस्ता किर्ते जालसाज, अमर्यादिन कार्य गरेर राजनीतिक अभिष्ट पूरा गर्न नलाग्न म साथीहरूलाई आग्रह गर्छु।’
गृहमन्त्री लेखकले आफूमाथि अनावश्यक आरोप लगाउन विभिन्न दलका पार्टी कार्यालय प्रयोग भएको दाबी गरे । किर्ते उजुरी र नक्कली पीडित खडा गर्नेहरूलाई पनि कारबाही गरिने उनले बताए ।