नदीमा बगेर एक पुरुषको मृत्यु
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२ | २०:४४:००
चितवन, ३१ जेठ । दार्चुला र बैतडीको सीमा नदी चौलानी (चमेलिया) नदीमा बगेर एक पुरूषको मृत्यु भएको छ ।
शैल्यशिखर नगरपालिका–२ छेलाबगरमा शनिबार बिहान नुहाउने क्रममा बगेर स्थानीय ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा बगेर पाल केही समयपछि बगेको ठाउँदेखि करिब दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका अधिकारी छत्रबहादुर रावतले बताए ।
प्रकाशित मिति : शनिबार, जेठ ३१, २०८२ |
२०:४४:००
1651





















