काठमाडौं जिल्ला अदालतमा हाजिर भए धवल शम्शेर, बयान सुरु
प्रकाशित मिति: सोमबार, आषाढ ०२, २०८२ | १२:२१:४१
चितवन, ०२ असार । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।
राणा अदालतमा हाजिर भएसँगै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु भएकाे छ । उनी सोमबार बिहानै अदालतमा उपस्थित भएका थिए ।
२०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।
यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो। त्यसयता प्रहरीको सम्पर्कमा नरहेका उनी आज अदालतमा उपस्थित भएका हुन्।
प्रकाशित मिति : सोमबार, आषाढ ०२, २०८२ |
१२:२१:४१
749