१० जिल्लाका सीडीओ फेरिए, को कहाँ पुगे ? (सूचीसहित)
प्रकाशित मिति: मंगलबार, आषाढ ०३, २०८२ | १८:००:३८
चितवन, ०३ असार । गृह मन्त्रालयले १० जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) पठाएको छ ।
मन्त्रालयले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरासहित १० जिल्लामा नयाँ सीडीओ पठाएको हो ।
जसअनुसार जिल्ला प्रशासन कार्यालय गोरखामा रामुराज कडरियाको पदस्थापन भएको छ।
यस्तै भोजपुरमा सुरेश पन्थी, डडेल्धुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा र रोल्पामा बासुदेव दाहाललाई पदस्थापन गरिएको छ।
गृहले जिल्ला प्रशासन कार्यालय बैतडीमा पुण्य विक्रम पौडेल, सिन्धुलीमा दिनेशसागर भुसाल र डोटीमा बुद्धबहादुर गुरूङलाई पठाएको छ।
हेर्नुहाेस् सूची :

प्रकाशित मिति : मंगलबार, आषाढ ०३, २०८२ |
१८:००:३८
2663



















