ढुंगा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु
प्रकाशित मिति: मंगलबार, आषाढ ०३, २०८२ | १८:२०:५८
चितवन, ०३ असार । दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुंगा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ ।
आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुंगा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।
स्थानीयले तत्काल उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएपनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
पाल केही दिन अगाडि मात्रै बिदामा घर आएका थिए ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०३, २०८२ |
१८:२०:५८
749