निलम्बनविरूद्ध उच्च अदालत पुगे राजुनाथ पाण्डे, भोलि छलफल
प्रकाशित मिति: मंगलबार, आषाढ ०३, २०८२ | १८:०५:२९
चितवन, ०३ असार । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजु पाण्डेले आफूमाथिको कारबाहीविरुद्ध उच्च अदालत पाटन पुगेका छन् ।
आफूलाई पदबाट निलम्बन गर्ने गुरागाईंको निर्णयविरुद्ध मंगलबार अदालतमा आफैँ उपस्थित भएर उनले मुद्दा दायर गरेका हुन् ।
पाण्डेले दायर गरेकाे रिटमा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगर प्रहरी बल निमित्त प्रमुख विष्णु जोशी, नगर कार्यपालिका कार्यालयलाई विपक्षी बनाइएको छ।
काठमाडौं महानगरका प्रशासकीय अधिकृत गुरागाईंले जेठ २० गते उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए। उनलाई ६ महिनाका लागि निलम्बन गरिएको थियो।
प्रकाशित मिति : मंगलबार, आषाढ ०३, २०८२ |
१८:०५:२९
771