पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
प्रकाशित मिति: बुधबार, आषाढ ०४, २०८२ | १०:२६:४६
चितवन, ०४ असार । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रमेश बोहोराका अनुसार गए रातिको अविरल वर्षाका कारण पहिरो खसेको हो । पहिरो पन्छाउने प्रयास जारी छ ।
प्रकाशित मिति : बुधबार, आषाढ ०४, २०८२ |
१०:२६:४६
2245





















