पूर्वमन्त्री मोहन बस्नेतको विशेष अदालतमा बयान जारी
चितवन, १५ असार । भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्।
अदालत प्रशासनका अनुसार बस्नेतको अहिले न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालमा बजान जारी छ । बयान सकिएलगत्तै थुनछेक बहस सुरू हुनेछ ।
सिन्धुपाल्चोकका निर्वाचित सांसद समेत रहेका बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने मन्त्रिपरिषद्मा मात्र निहित अधिकारको अपव्याख्या गरी ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण र प्रणाली सञ्चालन गर्न निर्देशन दिएको अख्तियारको आरोप छ।



















