कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पक्राउ
प्रकाशित मिति: बुधबार, आषाढ १८, २०८२ | २१:२०:५२
चितवन, १८ असार । कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई बुधबार नेपालगन्जको धम्बोजी चोकबाट पक्राउ गरेको हो।
सिआइबीका प्रवक्ता एसपी युवराज खड्का अनुसार संस्थागत सञ्चालक समेत रहेका मिश्र २०६६ देखि २०७५ सालसम्म सो बैंकको अध्यक्ष थिए। बैंकको हिनामिनामा उनको पनि मिलेमतो देखिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दियाे ।
सञ्चालकसमेतको मिलेमतोमा कर्णाली विकास बैंक बैंकमा साढे दुई अर्ब घोटाला भएको थियो। हाल राष्ट्र बैंकको व्यवस्थापनमा सो बैंक सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ १८, २०८२ |
२१:२०:५२
2773

















