पूर्वराष्ट्रपति भण्डारीले त्यागिन् सरकारी सेवा–सुविधा
प्रकाशित मिति: बुधबार, आषाढ १८, २०८२ | २१:३१:४२
चितवन, १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त राज्यबाट आफूले प्राप्त गर्दै आएको सम्पूर्ण सेवा-सुविधा नलिने घोषणा गरेकी छन्। उनले आज मंगलबारदेखि नै लागू हुने गरी सबै सुविधाहरू नलिने निर्णय गरेकी हुन्।
पूर्वराष्ट्रपति भण्डारीले सरकारले पूर्वराष्ट्र प्रमुखलाई प्रदान गर्दै आएको सेवा सुविधा त्यागेको पत्र गृहमन्त्रालयमा बुधबार दर्ता भएको छ। भण्डारीको सचिवालयबाट आएको पत्र दर्ता भई सम्बन्धित शाखामा पठाइएको गृह मन्त्रालयले जनाएको छ।
गत शनिबार मात्रै भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन् ।
प्रकाशित मिति : बुधबार, आषाढ १८, २०८२ |
२१:३१:४२
3037



















