सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द
प्रकाशित मिति: शुक्रबार, आषाढ २०, २०८२ | १५:३२:०५
चितवन, २० असार । सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू आजदेखि बन्द भएका छन् ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको छ ।
समस्या समाधानका कार्य भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म अनलाइन आवेदन प्रणाली र अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसहितका सबै सेवाहरू बन्द हुने विभागको सूचनामा उल्लेख छ ।
उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने विभागले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २०, २०८२ |
१५:३२:०५
2377



















