भोजपुरमा एक युवतीमाथि सामूहिक बलात्कार
प्रकाशित मिति: सोमबार, आषाढ २३, २०८२ | १४:११:१५
चितवन, २३ असार । भोजपुरमा २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पौवादुङमा गाउँपालिका-३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दीपेश राईलाई पक्राउ गरेको हो ।
उनीहरूले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी च्याङ्ग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई गए राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ २३, २०८२ |
१४:११:१५
2333

























