कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री खनाल पार्टीबाट निष्कासित
प्रकाशित मिति: बुधबार, आषाढ २५, २०८२ | १८:०८:३१
चितवन, २५ असार । कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन्।
असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेको हो।
‘विक्रम खनालले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी परेको उजुरीमा नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिबाट स्पष्टीकरण सोधिएको सन्दर्भमा निजले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएको’ अनुशासन समितिले उल्लेख गरेको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ २५, २०८२ |
१८:०८:३१
1673






















