‘घुसकाण्ड’मा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न महामन्त्री थापाको माग
प्रकाशित मिति: सोमबार, आषाढ ३०, २०८२ | १८:३४:५४
चितवन, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । आज काठमाडौँमा कांग्रेसको बुद्धिजीवी विभागले गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले मन्त्री गुप्ताले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताए ।
उनले भने, ‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो,’ ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यू तपाईँले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’
प्रकाशित मिति : सोमबार, आषाढ ३०, २०८२ |
१८:३४:५४
1893






















