सावित्राले वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने
प्रकाशित मिति: बिहिबार, साउन ०१, २०८२ | ११:२१:४२
चितवन, ०१ साउन । नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन् ।
उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन् । वेलिङटन न्युजिल्याण्डको क्लब भएपनि अस्ट्रेलियाको निन्जा ए लिग खेल्दै आएको छ ।
क्लबले सावित्रा क्लब र देश दुवैका लागि उत्कृष्ट गोलकर्ता भएको र उनलाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्वपूर्ण कदम भएको बताएको छ ।
उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन् ।
प्रकाशित मिति : बिहिबार, साउन ०१, २०८२ |
११:२१:४२
2311


















