प्रधानमन्त्री ओली भेट्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी
प्रकाशित मिति: आइतबार, साउन ०४, २०८२ | १३:३६:४०
चितवन, ०४ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले केन्द्रीय कार्यालय च्यासल जाँदैछन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी च्यासल जान लागेकी हुन् । दिउँसो ३ बजे पूर्वराष्ट्रपति भण्डारी च्यासल जाने तयारी रहेको उनको सचिवालयले जनाएको छ ।
भेटमा उनीहरुबीच एमाले सचिवालय र पाेलिटब्युराे बैठकमा आफ्नाे सक्रिय राजनीति र पार्टी सदस्यता नवीकरणबारे उठेका विषयमा छलफल हुने बुझिएकाे छ ।
प्रकाशित मिति : आइतबार, साउन ०४, २०८२ |
१३:३६:४०
2377



















