विद्या भण्डारीले भनिन्– ‘म अघि बढिसकेँ, खुट्टा कमाउदिनँ’
प्रकाशित मिति: मंगलबार, साउन ०६, २०८२ | १७:२६:४३
चितवन, ०६ साउन । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा आइसकेको भन्दै पछि नहट्ने बताएकी छन् ।
मंगलाबार आफ्नै निवास भंगालमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले आफू अघि बढिसकेकाे र अब खुट्टा कमाउने स्थितिमा नरहेको स्पष्ट पारेकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् ।
भण्डारीले महाधिवेशन नआई नेतृत्वको बहस गराएर कार्यकर्ता विभाजित गर्न खोजिएको समेत बताइन् । जिल्ला र प्रदेशदेखि नै ग्रुपिजम गरेर कार्यकर्तालाई आतंकित पार्ने र बोल्न नदिने प्रयास भइरहेको उनकाे भनाइ छ । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, उनले भनिन् ।
प्रकाशित मिति : मंगलबार, साउन ०६, २०८२ |
१७:२६:४३
2575





















