‘म एमालेमै छु, कसैले चाहँदैमा मेरो सदस्यता खान सक्दैन’ : पूर्वराष्ट्रपति भण्डारी (पूर्णपाठ)
चितवन, ०९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कसैलाई मन लाग्दैमा आफ्नो पार्टी सदस्यता खारेज नहुने बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू एमाले सदस्य नै रहेको बताएकी हुन् । ‘मैले एमालेमा सदस्यता नवीकरण गरिसकेको छु । म अहिले पनि एमालेमै आबद्ध छु,’ उनले भनिन् ।
पछिल्लो समय सदस्यता नवीकरण गरेर पार्टीमा पुन: जोडिएको प्रसंग सुनाउँदै पार्टीमा आफ्नो ठूलो योगदान रहेको भण्डारीले बताइन् । ‘मैले पार्टी सदस्यता लिएको ४५ वर्ष भयो ।…कसैलाई लाग्दैमा मेरो सदस्यता खान सक्दैन,’ उनले भनिन् । तत्कालीन समय कोशी सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको पनि उनले सुनाइन् ।’
जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभाको थ्यो । हामीले त्यसको आदर्श मर्मअनुसार कार्यक्रम गर्ने हो,’ उनले भनिन् । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यालाई पार्टीको सक्रिय राजनीतिमा फर्कन राेक लगाएपछि उनले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
यस्तो छ उनको वक्तव्य :




























