पुजन काफ्लेको तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक (भिडियोसहित)
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२ | १३:४३:२८
चितवन , १३ साउन ।पुजन काफ्लेले नयाँ तीज गीत सार्वजनिक गरेकी छन् ।
तीजको पूर्वसन्ध्यामा उनले ‘छड्के तिलहरी’ बोलको गीत सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत र स्वर पुजनकै रहेकाे छ भने संगीत संयोजन आदेश गुर्मछानको छ ।
गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ प्रस्तुत गरिएकाे छ । तीजमा सँगै मिलेर नाच्नेगाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।
केशबराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शिला गजुरेल, संस्कृति भुजेल र एलिजा काफ्लेको नृत्य छ ।
प्रकाशित मिति : मंगलबार, साउन १३, २०८२ |
१३:४३:२८
3543


















