विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : कार्यवाहक प्रधानमन्त्री सिंह
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ | १४:४७:२३
चितवन, २३ साउन । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अव दोहोरिन नदिने गरी काम गरेको बताएका छन् । आज सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्याङ्कन समितिको बैठकमा बोल्दै उनले नयाँ संसद् भवन निर्माणमा कार्यतालिकाअनुसार कार्यप्रगति हुन नसकेकोबारे सरकारले विशेष ध्यान दिइरहेको बताए ।
उनले नयाँ संसद् भवनको काम समयमै नसकिएकोबारे सबै जानकार रहेको बताए । तर सरकारले विगतका कमी, कमजोरीहरूलाई नियालेर उक्त कमजोरी अव दोहोरिन नदिने गरी काम गरेको उनको भनाइ छ । उनले काम समयमै सक्नका लागि मन्त्रालयदेखि सम्बन्धित इन्जिनियर, महानिर्देशक र आयोजना प्रमुखलाई समेत बोलाएर निर्देशन दिइसकेको बताए ।
प्रकाशित मिति : शुक्रबार, साउन २३, २०८२ |
१४:४७:२३
2619



















