करेन्ट लागेर एक युवकको मृत्यु
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ | १७:२२:४३
चितवन, २६ साउन । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
नेपाल प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता, बर्दियाको मधुवन नगरपालिका-७ भाटखोले टोल बस्ने ७० वर्षीय ललित बहादुर विक आफ्नै घर नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
प्रकाशित मिति : सोमबार, साउन २६, २०८२ |
१७:२२:४३
2333



















