रवि लामिछानेको निवेदनमाथि बहस सकियो
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ | १७:३४:०३
चितवन, २६ साउन । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ ।
न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए । आज नै आदेश आउन सक्ने बताइएको छ ।
प्रकाशित मिति : सोमबार, साउन २६, २०८२ |
१७:३४:०३
2575



















