रामहरि खतिवडाले दिए समिति सभापतिबाट राजीनामा
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२ | १७:०६:२१
चितवन, २७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् । ‘विधेयकमा मेरो हस्ताक्षर भएको हुँदा जिम्मेवारी लिनुपर्छ भन्ने लाग्यो’ उनले भने। सो सबन्धमा गठित जीवन परियार नेतृत्वको संसदीय छानबिन समितिले खतिवडालाई नैतिक रूपमा जिम्मेवार ठहराएको थियो।
तर, समितिले आफूलाई दोषी नठहराएको उनले जिकिर भने गरेका छन्। उनले राजिनामा दिदैँ भने, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारी बोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाासी राजीनामा दिएको घोषणा गर्दछु ।’
प्रकाशित मिति : मंगलबार, साउन २७, २०८२ |
१७:०६:२१
2927





















