एक बालिकाको पानीको खाल्डोमा डुबेर मृत्यु
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२ | १३:३४:४७
चितवन, ३० साउन । कैलालीमा पानीको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेको २ वर्ष ६ महिनाकी छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो ।
पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ३०, २०८२ |
१३:३४:४७
3103
























