एक पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२ | १३:०९:०२
चितवन,३१ साउन । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित आम्बोटेका एक जना ३७ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै घरमा सुतिरहेकी महिलालाई बिहीबार राति सवा दुई बजेतिर जबरजस्ती करणी गरेको आरोपमा ती पुरुषलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको हो । ती पुरुषलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
मादक पदार्थ सेवन गरी राईले महिलामाथि जबरजस्ती करणी गरेपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिएर पीडित पक्षले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति : शनिबार, साउन ३१, २०८२ |
१३:०९:०२
2597


















