एक जना कैदीको भीमफेदी कारागारमा मृत्यु
प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२ | १६:२९:१५
चितवन, ३१ साउन । मकवानपुरको भीमफेदी कारागारमा एक जना कैदीको मृत्यु भएको छ । आज शनिबार बिहान पौने ६ बजेको समयमा एक्कासी बिरामी भएका चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको उपचारको क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले अनलाइनखबरलाई बताए ।
उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जेलर पौडेलले बताए । उनकाअनुसार दुलालको मृत्युको कारण खुलिसकेको छैन । मृतक दुलाललाई श्वासप्रश्वासमा समस्या आएको थियो । मृतक दुलाल चितवन जिल्ला अदालतबाट १० माघ २०७८ मा जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भएर १० वर्ष कैद सजाय भोगी रहेका थिए । उनी भीमफेदी कारागारमा १३ साउन २०७९ मा आएको जेलर पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, साउन ३१, २०८२ |
१६:२९:१५
2619


















