‘३६को आँकडा’को फस्टलुक सार्वजनिक
प्रकाशित मिति: आइतबार, भाद्र ०१, २०८२ | १२:४५:५७
चितवन, ०१ भाद्र । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा तयार हुन लागेको नयाँ फिल्म ‘३६को आँकडा’ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ ।
पोस्टरमा मुख्य भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर छन् । प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हतकडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ ।
सबिर श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्म आगामी सोमबारबाट फ्लोरमा जानेछ । निर्माण पक्षले आज सार्वजनिक पोस्टरमा अन्य कलाकार र प्राविधिक टिमबारे जानकारी दिएको छैन । सुटिङपछि ती विवरण सार्वजनिक गर्ने तयारीमा रहेको बताइएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ०१, २०८२ |
१२:४५:५७
2861


















