नेपाललाई मेलबर्न स्टार्सले टप एण्ड टी-२० सिरिजमा १७६ रनको लक्ष्य
प्रकाशित मिति: सोमबार, भाद्र ०२, २०८२ | ९:३९:५१
चितवन, ०१ भाद्र । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ |मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो ।
मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले सर्वाधिक ७४ रन बनाए । थोमस रोजर्सले ६५ रन बनाए । यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । कप्तान क्याम्पबेल केलावे व्यक्तिगत २ रनमा पहिलो ओभरमै आउट भएपनि ब्लेक र थोमसले दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरे ।
नेपालका लागि सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र शाहब आलमले १-१ विकेट लिए । यस्तै २ खेलाडी रनआउट भए ।
प्रकाशित मिति : सोमबार, भाद्र ०२, २०८२ |
९:३९:५१
2553

























