राजनीतिक दल खोल्ने दुर्गा प्रसाईंको घोषणा
प्रकाशित मिति: सोमबार, भाद्र ०२, २०८२ | १६:२२:४६
चितवन, ०२ भाद्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । प्रसाईंले आज पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् ।
उनले भने, ‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ ।
उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् । उनले भने, ‘म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ ।
प्रकाशित मिति : सोमबार, भाद्र ०२, २०८२ |
१६:२२:४६
4181




















