उपप्रधानमन्त्री सिंह र सहरी विकास सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता
चितवन, ०२ भाद्र । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह र सहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबिच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । सहरी विकास मन्त्रालयको सभाहलमा आज उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले कार्यसम्पादन सम्झौता गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले आर्थीक वर्ष ०८२/८३ मा गरिने कार्यसम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै समयमा योजनाहरू सम्पन्न नभएकोबारे प्रश्न गरे ।
उनले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभावकारी बनाउन सचिवसहित सबै विभागीय प्रमुखहरूलाई निर्देशन पनि दिए ।




















