खैरहनीमा एकजनालाई जापानिज इस्सेफलाईटिस संक्रमण,लामखुट्टेको टोकाईबाट बच्न स्वास्थ्यकर्मीको आग्रह
चितवन , २ भदौ । पूर्वीचितवनको खैरहनीमा एकजनालाई जापानिज इस्सेफलाईटिस रोगको संक्रमण देखिएको छ । खैरहनी नगरपालिका वडा नम्बर ४ निवासी ६० वर्षिय एक महिलामा जापानिज इस्सेफलाईटिस रोगको संक्रमण देखिएको हो । उनको अवस्था गम्भिर रहेको खैरहनीका जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले जानकारी दिए । जापानिज इस्सेफलाईटिस रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकोले लामखुट्टेको टोकाईबाट जोगिनु नै उत्तम हुने अधिकारीले बताए ।
यो रोग मान्छेबाट मान्छेमा सर्दैन । लामखुट्टेले पशुपंक्षीहरु जस्तै घोडा, सुंगुर, बंगुर , हाँस आदिलाई टोकेर मानिसलाई टोक्यो भने यो रोग मानिसमा सर्ने जनस्वास्थ्य निरिक्षक अधिकारीले बताए । यो रोग लागेमा बेस्सरी टाउको दुख्ने , धेरै ज्वरो आउने , बान्ता हुने , बेहोस हुने , घाँटी अररो (कडा) हुने , कम्पन हुने , पक्षघाट हुने र समयमै उपचार नभएर रोग कडा हुदै गए विरामीको मृत्यु समेत हुनेछ । यो रोगको लक्षण देखिएकामध्य करिब ३० प्रतिशत विरामीको मृत्यु हुने र अन्य विरामीमा दीर्घकालिन शारिरिक, मानसिक अशक्तता हुने जोखिम रहेको जनस्वास्थ्य निरिक्षक अधिकारीले बताए । जापानिस इस्सेफलाईटिस रोगको लक्षण र बच्ने उपायहरु यस प्रकार रहेका छन् ।
























