हरेक फिल्म रिलिजअघि पिताको आशिर्वाद लिन गाउँ जाने माग्ने बुढा
प्रकाशित मिति: बुधबार, भाद्र ०४, २०८२ | १६:२९:०२
चितवन,०४ भाद्र । रिलिजअघि केदार घिमिरे बुवाको आशिर्वाद लिन गाउँ पुग्छन् |अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ र ‘माग्ने राजा’ जस्ता फिल्म रिलिजअघि हरेक पटक मकवानपुरको पुख्यौंली घर पुगेर ८० वर्षिय बुवा कृष्णप्रसाद घिमिरेबाट आशिर्वाद लिन्छन्।
केदारका अनुसार, बुवाको आशीर्वादले उनलाई उत्साह र ऊर्जा मिल्छ। उनले बताए, “हामी घरपरिवार छाडेर दौडधुपमा हुन्छौं। आशिर्वाद लिएपछि फर्किंदा रिलिफ महसुस हुन्छ।”
फिल्म ‘माग्ने राजा’ प्रदर्शनअघि पनि केदारले यही परम्परा अनुसार बुवाबाट आशीर्वाद लिएका हुन्। यसबाहेक, उनले आफ्नो आगामी फिल्म ‘माइतीघर’ (दशैं) र ‘जेरी अन टप’ (तिहार)को तयारीमा पनि व्यस्त रहने बताए।
प्रकाशित मिति : बुधबार, भाद्र ०४, २०८२ |
१६:२९:०२
3961
























