खैरहनी १ मा आयोजित तिज गीत प्रतियोगितामा कंकाली मा.वि वाल समूह प्रथम
चितवन , १० भदौं । खैरहनी नगरपालिका वडा नम्बर १ द्वारा आयोजित तिज गीत प्रतियोगितामा कंकाली माविको वाल समूह प्रथम भएको छ । नेपाली हिन्दु महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा खैरहनी नगरपालिका वडा नम्बर १ ज्यामिरेमा आज आयोजित तिज गीत प्रतियोगितमा सहभागी कुल ११ वटा समूहमध्य कंकाली माविको वाल समूह प्रथम भएको हो । ‘संस्कृतिको संरक्षण गर्दैै बालमैत्री घोषणा’ विषयमा केन्द्रित भएर आयोजना गरिएको तिज गीत प्रतियोगिता संचालनमा सृजनशिल आमा समूह द्धितिय भएको छ भने सूर्यमुखी महिला समूह तृतिय भएको छ ।
प्रतियोगितामा कंकाली आमा समूह र समृद्धि महिला समूहले सान्तवना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम , द्धितिय , तृतिय र सान्त्वनालाई नगद १० हजार , ७ हजार , ४ हजार र १ १ हजार रुपैयाँ क्रमशै प्रदान गरिएको कार्यक्रम संयोजक समेत रहेकी वडा सदस्य एवम् कार्यपालिका सदस्य बुधरमिया चौधरीले जानकारी दिइन् । उनीहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको चौधरीले बताइन् । प्रतियोगिताको खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाँले चाडपर्वमा हुने विभिन्न कार्यक्रमले कला , संस्कृतिको संरक्षणसँगै बजार र व्यवसाय समेत चलाएमान हुने बताए । उनले खैरहनीका जनप्रतिनिधि एक भएर जनताको काममा लागि रहेको बताए । कार्यक्रममा खैरहनी वडा नम्बर १ का वडा अध्यक्ष नवराज भुषाल , वडा सदस्य सिर्जना सुनार , श्री कृष्ण टोल विकास संस्थाका अध्यक्ष निलकण्ठ ढुगांना लगायतले मन्तव्य राखेका थिए ।


















