प्रहरी सहायक निरीक्षकको मृत्यु
प्रकाशित मिति: शुक्रबार, भाद्र १३, २०८२ | १७:५०:२९
चितवन, १३ भाद्र । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल बेहोस भई ढलेका थिए । उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको हो ।
४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ । उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १३, २०८२ |
१७:५०:२९
3851



















