‘धागो’ नेपाल र भारतमा २८ कार्तिकमा प्रदर्शन हुने
प्रकाशित मिति: शुक्रबार, भाद्र १३, २०८२ | १७:५६:२९
चितवन, १३ भाद्र । सुरक्षा पन्तको शीर्ष अभिनय रहेको फिल्म ‘धागो’को प्रदर्शन मिति तय भएको छ ।
यो फिल्म कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलमा एकसाथ रिलिज हुने जनाइएको छ ।
शुक्रबार पोस्टर सार्वजनिक गर्दै निर्माताले यसबारे जानकारी दिएका छन् । फिल्मले परिवार, सिमाना र अटुट सम्बन्धको कथा पेश गर्नेछ ।
फिल्मलाई उदीप राणा थापाले निर्देशन गरेका हुन् । डुवर्सको चिया बगानमा जन्मे-हुर्केका उदीपसँग १८ वर्षसम्म बलिउडमा जी-फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसमा क्रिएटिभ हेड, निर्देशक र निर्माताको रुपमा काम गरेको अनुभव छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र १३, २०८२ |
१७:५६:२९
2465


















