दीपकराज गिरी नेतृत्वमा ‘छक्कापञ्जा कमेडी टूर’ अमेरिकामा आयोजना
प्रकाशित मिति: शनिबार, भाद्र १४, २०८२ | १२:४९:०६
चितवन, १४ भाद्र । दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल लगायतका कलाकारहरू दशैंको अवसरमा अमेरिकामा आयोजना हुने ‘छक्कापञ्जा कमेडी टूर’मा सहभागी हुने भएका छन्।
दीपकराजले शुक्रबार टूरको औपचारिक घोषणा गरेका हुन्। १५ वर्षपछि दीपक अमेरिका जाँदैछन्। केही दिनअघि उनका भिसा पाइसकेपछि टूरले औपचारिकता पाएको हो।
सेप्टेम्बरदेखि अक्टोबरसम्म चल्ने यस टूरमा दीपक र दीपाश्रीलाई मुन्द्रेसहित आसिफ शाह, धर्मेन्द्र सेवान र मीना पोखरेलले साथ दिनेछन्। न्यूयोर्क, बाल्टिमोर, टेक्सास लगायत १५ अमेरिकी सहरमा ‘छक्कापञ्जा कमेडी टूर’ आयोजना हुने दीपकले जानकारी दिएका छन्।
प्रकाशित मिति : शनिबार, भाद्र १४, २०८२ |
१२:४९:०६
4973
























