‘मिस नेपाल २०२५’ को ताज लुना लुइँटेललाई
प्रकाशित मिति: आइतबार, भाद्र १५, २०८२ | ९:०२:०४
चितवन, १५ भाद्र । मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छन्।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न फिनालेमा लुइँटेललाई यस वर्षको मिस नेपाल घोषित गरेको हो।
उनीलाई पूर्वमिस नेपाल आस्माकुमारी केसीले ताज पहनाइदिइन्। देशभरका विभिन्न सहरमा अडिसन गरेर छानिएका २६ जना फाइनलिस्टमध्ये लुइँटेल विजेता बनेकी हुन्।
प्रतियोगितामा सोनि घले थर्ड रनर अप तथा मिस नेपाल अर्थ घोषित भइन् भने उरुषा भण्डारी सेकेन्ड रनर अप एवं मिस इन्टरनेशनल बनेकी छन्।
प्रकाशित मिति : आइतबार, भाद्र १५, २०८२ |
९:०२:०४
4687


















