माइक्रोबसको ठक्करमा दुई जना घाइते
प्रकाशित मिति: बुधबार, भाद्र १८, २०८२ | १६:३३:२२
चितवन, १८ भाद्र । काठमाडौँको पुतलीसडकमा माइक्रो बसले दुई जनालाई ठक्कर दिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ९ वर्षका विवेक तामाङ र ५ वर्षीया आशिका राई घाइते भएका छन् । तामाङलाई उपचारका लागि माइतीघरस्थित न्यूरो अस्पताल लगिएको र उनको अवस्था गम्भीर रहेको छ ।
अर्का घाइते राईलाई भने प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल लगिएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र १८, २०८२ |
१६:३३:२२
2223



















