जेनजीको प्रदर्शनमा सहभागी ५४ जना पक्राउ
प्रकाशित मिति: सोमबार, भाद्र २३, २०८२ | १९:१०:३९
चितवन, २३ भाद्र । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजी समूहका ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रदर्शन स्थलमा उच्छृङ्खल गतिविधि गर्ने ५४ जनालाई पक्राउ गरिएको हो ।
युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेवी’ ट्रेन्ड चलाएर प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए । ‘नेपो बेवी’ ट्रेन्ड अन्तर्गत उनीहरुले नेताका छोराछोरीलाई निशाना बनाएका हुन् ।
काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा ४ सय ५३ जना घाइते भए । अहिलेसम्म १८ जनाको मृत्यु भएको उपत्यका प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र २३, २०८२ |
१९:१०:३९
4709


















